पाँचथर। नयाँ वर्षको अवसर पारेर पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकाको चाररातेमा दोस्रो पल्ट सञ्चालन गरिएको चौँरी महोत्सव सम्पन्न भएको छ ।

महोत्सवमा सयौँ चौँरी तथा घिउ, छुर्पीलगायत चौँरीजन्य सामग्रीको प्रदर्शन गरिएको छ । महोत्सवमा सन्दकपुरदेखि चिवाभञ्ज्याङ क्षेत्रबाट २०० भन्दा बढी चौँरी प्रदर्शनीका लागि लगिएको थियो ।
युवा पलायन हुन थालेको र पुस्तौँदेखि गर्दै आएको चौँरीपालन पेशा युवा पुस्ताले सम्हाल्न नसक्दा चौँरी लोप हुन लागेका कारण महोत्सवको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष डिल्ली केरुङले बताउनुभयो ।

समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा अवस्थित चाररातेमा आयोजित महोत्सव फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन विकास समितिले आयोजना गरेको हो ।
Facebook Comments Box