नीर्जिवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०७४-७५ को माघसम्ममा ५ अर्ब ११ करोड रुपैयाँबराबरको कृषि बिमा व्यवसाय गरेका छन् ।
यो अवधिमा कम्पनीहरूले २२ करोड ३४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेर १ करोड ६९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । त्यस्तै कम्पनीहरूले पाउनुपर्ने अनुदान रकम २० करोडभन्दा बढी भएको छ ।
नेपालमा कृषि बिमासम्बन्धी प्रचार व्यापक नभए पनि हरेक वर्ष कृषि बिमा व्यवसाय बढ्दै गएको देखिन्छ ।
जानकारीको अभावमा वास्तविक कृषकले कृषि बिमाको सुविधा पाउन नसकेको सरोकारवाहरू स्वयं स्वीकार गर्छन् । नेपालको कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न कृषि विकास मन्त्रालयले २०६९ माघ १ गतेदेखि कृषि बिमा कार्यक्रमको सुरुवात गरेको हो । नयाँपत्रिकामा खबर छ ।
Facebook Comments Box