
काठमाडाैं । प्रदेश नम्वर तिनको मन्त्रिपरिषदको दोस्रो बैठक आज बस्दैछ । यसअघि फागनु १६ मा पहिलो बैठक वसेको थियो ।
आजको बैठकवाट हालसम्म निर्माण गरिएका कानूनको विधेयक संसदमा पेश गर्नका लागि प्रदेश सभा सचिवालयमा दर्ता गर्न सिफारिस गर्ने तयारी गरिएको छ ।
आज बस्ने बैठकले आन्तरीक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकटटेलको संयोजकत्वको विधेयक लिखत समितिले तयार पारेका तिनवटा विधेयक दर्ताका लागि सिफारिस गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
२२ वटा कानुन निर्माण गर्ने जिम्मेवारी पाएको समितिले चैत्र मसान्तभित्र अन्य सवै विधेयक तयार पारिसक्ने जनाएको छ ।
Facebook Comments Box