काठमाण्डौं । सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्यमा मनोनित तीन सदस्यको सपथ रोक्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राष्ट्रियसभा सदस्यमा मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलको सपथ रोक्न आदेश दिएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको सपथ २० गते हुँदैछ ।
साथै सर्वोच्चले छलफलबाट टुंगो नलागेसम्म तीन जनाको सपथ रोक्न भनेको छ ।देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडे, गोपाल बस्नेत र चाँदनी जोशीलाई मनोनित गर्न सिफारिस गरेको थियो ।
केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनसँगै देउवा सरकारको सिफारिस रद्द गर्दै तीन जनाको नाम पठाएको थियो। सर्वोच्चले २० गते दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।
Facebook Comments Box