सिन्धुली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली काँग्रेस पार्टी संसदीय दलको विधान परिमार्जन भएपछि मात्र नेतृत्व चयन हुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन सिन्धुलीले काँग्रेस पार्टी कार्यालयमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले भोलि हुने संसदीय दलको बैठकबाट विधान परिमार्जन गर्ने र त्यसपछि मात्र संसदीय दलको नेतृत्व चयन हुने बताउनु भयो ।
केन्द्रीय सदस्य सिंहले अहिलेसम्म संसदीय दलको नेतामा कसैले दाबी नगरेको अवस्थामा आफू संसदीय दलको नेता हुन योग्य भएको बताउँदै पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक नियमित गर्न नसकेका कारण अब संसदीय दलको नेतामा उहाँ हुन नसक्ने बताउनु भयो ।
पार्टी सभापति देउवाले संसदीय दलको नेतामा दाबी गरेमा आफू प्रतिस्पर्धामा उत्रिएर संसदीय दलको नेता हुने दाबी गर्दै उहाँले भन्नुभयो — परम्परागत रुपमा नै संसदीय दलको नेता बनाए यो सिङ्गो पार्टीको हितमा हुदैन ।”