काठमाण्डौं । संघीय संसदका सांसदहरुको सपथ ग्रहणको तयारी तिव्र बनाइएको छ । यहि फागुन २० गते सपथ ग्रहणको कार्यक्रम तय भएकाले संसद सचिवालयले आफ्नो काम अघि बढाएको बताएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सूचनामा फागुन २० गते शपथग्रहण कार्यक्रम तय गरिएको उल्लेख छ । प्रतिनिधिसभाका जेष्ठ सदस्यले सांसदहरुलाई शपथ ग्रहण गराउने व्यवस्था छ ।
सांसदहरुलाई संसद् सचिवालयले राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्र्रमाणपत्रसहित आउन आग्रह गरेको छ ।
Facebook Comments Box