काठमाण्डाैं । पार्टी एकता र सरकारको भागबण्डालाई प्याकेजमै सहमति गरेका वाम गठबन्धनले करिब १५ वटा मन्त्रालय समावेश गर्दै सरकार चलाउने तयारी गरेको छ ।
एमाले स्रोतका अनुसार नयाँ सरकारमा माओवादीलाई गृहसहित ६ मन्त्रालय दिने तयारी गरिएको छ । माओवादीले गृहसहित भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका केही ठूला मन्त्रालयमा दाबी गरेको छ ।
मन्त्रालय भागबण्डाको विषयमा प्रमुख दुई नेताले आन्तरिक छलफल गरे पनि अन्तिम निर्णय हुन बाँकी अझै बाँकी छ ।
सरकारको नेतृत्व गरिरहेको एमालेले अर्थ सहितका मन्त्रालय आफूसँग राख्नेछ । वाम गठबन्धनले आजै सरकार विस्तारको तयारी गरेको छ ।
माओवादीबाट केही मन्त्रीले आजै सपथ लिने सम्भावना रहेको माओवादी केन्द्रले जनाएको छ ।
Facebook Comments Box