काठमाडौं । एमाले र माओवादीबीच पार्टी एकता र शक्ति बाँडफाँडका लागि बालुवाटारमा निर्णायक वार्ता अगाडि चिनियाँ राजदूतले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेकी छिन् ।
प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यु होङबीच बालकोटमा भेट भएको हो ।
राजदूत चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभागका उपमन्त्रीसहित बालकोट पुगेकी हुन् ।
तर, भेटमा भएको कुराकानीवारे केही थाहा हुन सकेको छैन् । भेट सकेर राजदूत यु होङ साँझ पौने सात बजे बालकोटबाट बाहिर निस्केको बालकोट स्रोतको भनाई छ ।
अन्तराष्ट्रिय समुदायले एमाले र माओवादीवीचको गठबन्धन र र पार्टी एकतालाई चिनियाँ चासोको उपज भनेका छन् ।
Facebook Comments Box