काठमाण्डाैं । निर्वाचन आयोगले विगतभन्दा धेरै कम खर्चमा तीनवटै तहको निर्वाचन सम्पन्न भएको दावी गरेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले विगतमा भन्दा धेरै कम खर्चमा तीन वटै तहको निर्वाचन सम्पन्न भएको बताउनु भएको हो ।
उहाँले निर्वाचनमा भएको खर्चको ५५ प्रतिशत बजेट कर्मचारी व्यवस्थापनमा मात्रै खर्च भएको पनि स्पष्ट पार्नु भयो । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले राजनीतिक दलहरुलाई भने निर्वाचनमा कम खर्च गर्न सचेत पनि गराउनु भयो ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा हुने खर्च कम गर्न सरकारलाई पनि पुनः निर्देशन दिनु भयो ।
Facebook Comments Box