काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतालाई टुंगोमा पुर्याउन आज एकता संयोजन समितिको बैठक बस्दैछ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच हिजो एक्लाएक्लै भएको भेटवार्तामा आज एकता संयोजन समितिको बैठक गरेर मिल्न बाँकी बिषयलाई टुंगोमा पुर्याउने सहमति भएको हो ।
दुई अध्यक्षले पार्टी एकतालाई निष्कर्षमा पुर्याउँदै सरकार गठनलाई पूर्णता दिने सहमति पनि गरेका छन् ।
भक्तपुरस्थित ओली निवासमा दुई नेताबीच सरकारलाई पूर्णता दिने, पार्टी एकता टुंगोमा पुर्याउनेलगायत विषयमा छलफल भएको थियो ।
Facebook Comments Box