माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकतालाई कसैले रोक्न नसक्ने दावी गर्नु भएको छ ।
महोत्तरीको हात्तीलेटमा आयोजित जनसभामा दाहालले वाम एकता भाँड्न ठुलै चलखेल भइरहेको बताउनु भयो । तर, कसैले षडयन्त्र गरेपनि वाम एकता भएरै छाड्ने उहाँको दाबी थियो ।
गठबन्धन फुटाउने षड्यन्त्र भई रहेको बताउँदै उहाँले त्यो षड्यन्त्र अन्तिम समयसम्म पुरा हुन नदिने जिकिर गर्नु भयो । वाम एकता भाड्न दक्षिणपन्थी र देशभित्रका बिरोधीहरु लागेको भन्दै उहाँले बिरोधीको एम्बुसमा कोही नेता कार्यकर्ता नपर्न र सचेत रहन समेत आग्रह गर्नु भएको छ ।
Facebook Comments Box