काठमाण्डाैं । वाम गठबन्धनका प्रमुख नेताबीच पार्टी एकतालाई निष्कर्षमा पुर्याउँदै सरकार गठनलाई पूर्णता दिने सहमति भएको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सरकार गठनलाई पूर्णता दिने र पार्टी एकताका बाँकी विषयमा सहमति जुटाउने विषयमा छलफल भएको हो । जिल्ला भ्रमणमा निस्कनु अघि माओवादी अध्यक्ष दाहालले आज प्रधानमन्त्री ओलीसँग एक्लै भेटवार्ता गर्नु भयो ।
दुवै दलका प्रमुख नेताले भोलि एकता संयोजन समितिको बैठक बोलाएर मिल्न बाँकी बिषयलाई टुंगोमा र्पुयाउने सहमति भएको छ ।
बैठकको समय र स्थान तय नभए पनि माओवादी अध्यक्ष दाहाल भोलि काठमाडौं फर्किएलगत्तै छलफल अघि बढ्नेछ ।
वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालोको सहमति गरे पनि एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्तमा एकता प्रक्रिया अड्किएको छ ।
एमालेका शीर्ष नेताले एकीकृत पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद राख्नैपर्ने अडान राखेपछि एकता प्रक्रियाको निर्णायक वार्ता निष्कर्षविहीन भएको थियो ।