काठमाडौं । नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार काठमाण्डौंमा आयोजति साक्षात्कारमा मन्त्री पण्डितले वातावरणलाई सन्तुलित बनाउन, स्वच्छ बनाउनको लागि दत्तचित्त भएर काम गर्ने बताएका हुन् ।
मन्त्री पण्डितले वातावरणलाई स्वच्छ बनाउन आफूले गम्भिर पहल लिने पनि विश्वास दिलाए ।
उनले वातावरणलाई मानवमैत्री बनाउनको लागि जनसंख्यालाई पनि सन्तुलन बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने ,‘जनसंख्या पनि भुगोल सुहाउँदो र नियन्त्रण गर्नुपर्छ, अहिले गाउँबाट शहर बसाई सराई गर्ने लहर चलेको छ।’
साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आफूले भर्खर जिम्मेवारी सम्हालेकोले केही दिन मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययनमा समय खर्चिने बताए ।
उनले भने ,‘अहिले मन्त्रालयले लिएका नीतिहरु अध्ययन गर्न बाँकै नै छ, म विज्ञहरुसँग छलफल गर्छु, कार्यक्रमहरु बुझ्न बाँकी छ, त्यसैले म अहिले नै ईतिश्री अभिव्यक्त गर्न सक्दिन्।’
मन्त्री पण्डितले आफूले अघिल्लोपटक मन्त्रीको जिम्मेवार सम्हाल्दा बोल्ड निर्णय गरेजस्तै अब पनि बोल्ड निर्णय लिएर अघि बढ्ने प्रतिबद्धता जनाए ।