काठमाण्डाैं । एमालेले प्रदेश ७ को संसदीय दलको नेता चुन्ने जिम्मा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ७ का संयोजक भीम रावललाई दिएको छ ।
आज बसेको प्रदेश ७ को संसदीय दलको बैठकले सहमतिमै नेता चुन्ने निर्णय गर्दै त्यसको जिम्मा रावललाई दिएको हो । बैठकले आकांक्षी सांसदहरुसँग परामर्श गरी संसदीय दलको नेता तोक्न प्रदेश संयोजक भीम रावललाई दिइएको सांसद पूर्णा जोशीले जानकारी दिनु भयो ।
संसदीय दलको बैठकमा सांसदहरु प्रकाशबहादुर शाह, दीर्घ सोराडी, पठान सिंह बोहरा र लिलाधर भट्टले संसदीय दलको नेताका लागि आकांक्षा देखाएको जोशीले बताउनु भयो ।
सम्भवतः आज साँझै नभए भोलिसम्म संसदीय दलको नेता चयन भइसक्ने उहाँको भनाइ छ ।
Facebook Comments Box