काठमाण्डाैं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास सर्नु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा आज दिउँसो निजी निवास सर्नु भएको हो ।
निवर्तमान प्रधानमन्त्री देउवा दिउँसो साढे १२ वजेपछि बालुटारबाट निजी निवास बुढानिलकण्ठतर्फ जानु भएको हो ।
गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आउनु भएको थियो ।
Facebook Comments Box