वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए । ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ ।
बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना रहेको छ ।
Facebook Comments Box