काठमाण्डौं । मन्त्री परिषदको बैठक आज बस्न सक्ने भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको यो नै अन्तिम बैठक हुन सक्ने आकलन पनि गरिएको छ । प्रधानमन्त्री कार्यलय सिंहदरबारमा अपरान्ह बैठक बस्ने भनिएपनि समय भने तय भएको छैन ।
प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएसंगै राजिनामा दिने यसअघिको अभिव्यक्ती अनुसार आजको बैठक अन्तिम हुने आकलन गरिएको छ । बैठकमा राष्ट्रिय सभा निर्वाचनको समीक्षा पनि हुने छ । भने सरकारले यसअघि गरेका निणर्यहरुको कार्यान्वयनको अवस्थाका विषयमा पनि छलफल हुने छ ।
मन्त्रीपरिषद बैठकमा विभिन्न मन्त्रालयगत विषयमा छलफल हुने छ । आजको बैठकले केहि महत्वपूर्ण निणर्य पनि गर्न सक्ने बताइएको छ ।
Facebook Comments Box