काठमाण्डाैं । पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच वान टू वान वार्ता शुरु भएको छ ।
ललितपुरको मानभवनमा वार्ता सुरु भएको हो । सो स्थानमा वाम एकताबारे कैयौँ पटक शीर्ष तहमा छलफल हुँदै आएको छ ।
एकता र शक्ति बाँडफाँडवारे ओली र दाहालले हिजो प्रारम्भिक सहमति गरेको बताउनु भएको थियो ।
त्यसलाई अन्तिम रुप दिन यी दुई नेताले आज पनि वान टू वान संवाद शुरु भएको छ । दुई नेतावीच सहमति जुट्यो भने पार्टी एकता संयोजन समितिको बैठक बोलाएर त्यसलाई अनुमोदन गर्ने तयारी भइरहेको छ ।
पार्टी एकताका लागि सहमति हुँदा पार्टी नेतृत्व, सरकारको नेतृत्व, संगठनको स्वरुप र पार्टीको नीतिका विषयमा पनि सहमति जुटाउनुपर्नेछ ।
Facebook Comments Box