काठमाण्डाैं । वाम गठबन्धनका दुई शीर्ष नेताले पार्टी एकतालाई आजै टुंगोमा पुर्याउने तयारी गरेका छन् ।
एकीकृत पार्टीको नेतृत्व र नयाँ सरकार गठनमा सहमति गरेका दुवै दलका शीर्ष नेताले एकताको अन्तिम खाका तय गर्दै पार्टी एकीकरणलाई निष्कर्षमा र्पुयाउने गृहकार्य गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकता प्रक्रियालाई आजै टुंगोमा र्पुयाउने प्रयास भइरहेको जानकारी दिनु भयो ।
जनयुद्धको २३औं वार्षिकोत्सवको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुवै दलका शीर्ष नेता बसेर आजै बेलुकासम्म एकतालाई टुंगोमा पुर्यासउने तयारी भइरहेको खुलासा गर्नु भयो ।
दुवै दलका शीर्ष नेताको हिजो बसेको बैठकले एकीकृत पार्टीको नेतृत्वमा दुवै जना रहने र सरकारको नेतृत्व आलोपालो गर्नेगरी सहमति गरेका थिए ।
अब बस्ने दुई नेताको निर्णायक बैठकले एकीकृत पार्टीमा नेताको व्यवस्थापन र सैद्धान्तिक विषयमा सहमति जुटाउने बताइएको छ ।