काठमाडौं । तत्कालीन माओवादी जनयुद्ध लडेका विभिन्न पार्टीमा विभाजित माओवादीहरुले विभिन्न कार्यक्रम गरी देशैभरि तथा विदेशमा समेत जनयुद्ध दिवस मनाउँदैछन् ।
दिवसका अवसरमा केन्द्रिय कार्यलय काेटेश्वर पेरिसडाँडामा हुने कार्यक्रममा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संवाेधन गर्दैछन् ।
२२ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो ।
माओवादीले जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणा सहित थालेको जनयुद्धका क्रममा करीव १६ हजार नेपालीको ज्यान गएको थियो ।
माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ । २०५२ साल फागुन १ गते आजकै दिन माओवादीले हतियार उठाएर जनताको मुक्तिका लागि भन्दै शसष्त्र युद्ध शुरु गरेको थियो ।
नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लीग (वाईसीएल) नेपालले २३ औं जनयुद्ध दिवस देशैभर मनाउने निर्णय गरेको छ ।
देशभरका सबै तहका कमिटीहरु र विभिन्न दश शहरमा केन्दि्रत भएर दिवस मनाउने निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटा दीपशीखाले जानकारी दिए ।
‘महान जनयुद्दको २३ औं वार्षिकोत्सव भव्य रुपमा मनाऔं, युवा नेतृत्वको विकाससहित वाम गठबन्धनलाई पार्टी एकतामा बदलौं १’ भन्ने नाराका साथ दिवस मनाउने निर्णय गरिएको अध्यक्ष दीपशीखाले बताए ।
यस्तै दिवसका अवसरमा पेसिडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरिने अध्यष दीपशीखाले जानकारी दिए ।