काठमाडौं । प्रतिनिधिसभा समानुपातिकमा ३ प्रतिशत मत ल्याएर सिट कायम गरेका पाँचवटै राष्ट्रिय दलले आज निर्वाचन आयोग समक्ष उम्मेदवारको नाम बुझाएका छन्।
एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजावादी फोरमले उमेदवारको नाम बुझाएका हुन । ती दलहरुलाई नामावली बुझाउन आयोगले आज सम्मको समयसिमा निर्धारण गरेको थियो ।
समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र फोरम र राजपाले ६र६ सिट पाएका छन्।आयोगमा बुझाइएका नाम समावेशी समूह र क्रम अनुसार मिलेरनमिलेको जाँच गरी नमिलेका राजनीतिक दललाई सच्याएर ल्याउन पुनः दुई दिनको समय दिईएको प्रवक्ता नवराज ढकालले जानकारी दिनु भयो।
आयोगले २ गतेसम्म राष्ट्रपति समक्ष प्रतिनिधिसभा चुनावको अन्तिम परिणाम बुझाउने जनाएको छ। आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुल्नेछ।