विराटनगर । प्रदेश नम्बर १ को सभामुखमा एमालेका प्रदिप भण्डारी निर्विरोध निर्वाचित हुनु भएको छ । आज बसेको प्रदेशसभा बैठकले भण्डारीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।
बैठकको सुरुमै सांसद तुलसीप्रसाद न्यौपानेले भण्डारीलाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेश गर्नु भएको थियो भने अर्का सांसद लक्ष्मण तिवारीले सो प्रस्तावमा समर्थन गर्नु भएको थियो ।
सभामुखमा एक जनाको नाम मात्रै प्रस्ताव भएपछि जेष्ठ सदस्य ओम सरावगीले भण्डारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भयो ।
धरानका भण्डारी सुनसरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभामा निर्वाचत हुनु भएको थियो ।
शिक्षण पेशाबाट सेवानिवृत्त हुनु भएका उहाँ २०२७ सालदेखि बामपन्थी राजनीतिमा सक्रीय हुनुहुन्छ ।
Facebook Comments Box