काठमाण्डाै । प्रदेश ३ को उपसभामुखमा माओवादी केन्द्रकी राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् । आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकले तामाङलाई उपसभामुख घोषणा गर्दैछ ।
उपसभामुखमा राधिका तामाङको प्रस्तावकमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र समर्थकमा माओवादीकी उपनेता कुमारी मोक्तान रहेकी छिन् ।
अरु उम्मेदवारी नपरेपछि उनी निर्विरोध बनेकी हुन् । यस प्रदेशको सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन् ।
Facebook Comments Box