काठमाण्डाैं, २७ माघ । प्रदेशनम्बर ३ को प्रदेशसभाको सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
एमालेकै राजेन्द्रमान श्रेष्ठले पनि उम्मेदवारी दिने चर्चा रहे पनि श्रेष्ठले उम्मेदवारी नदिएपछि सानु कुमार श्रेष्ठ निर्विरोध हुनुभएको हो ।
श्रेष्ठका प्रस्तावक माओवादीका शालिकराम जम्मरकट्टेल र समर्थक एमालेका रामेश्वर फुयाँल हुनुन्छ ।
उपसभामुखका लागि भने भोली चुनाव हुनेछ । उपसभामुख माओवादी केन्द्रकी राधिका तामाङको नाम तय भएकोे छ ।
Facebook Comments Box