काठमाण्डाैं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सरकारले वैदेशिक लगानीका बारेमा प्राथमिकताका आधारमा राज्यले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिनु भएको छ ।
नेपाल अण्डा उत्पादक संघको १४ औं साधारण सभा तथा ८ औं अधिवेशन एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विदेशबाट आऊने लगानीका प्राथमिक क्षेत्र निर्धारण गर्नुपर्ने बताउनु भयो ।
अण्डा उत्पादक व्यवसायीहरूले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिक लगानि भित्रिएको खण्डमा स्वदेशी व्यवशायी र किसानहरू मारमा पर्ने भएकोले दाहालको ध्यानाकर्षण गराएका थिए ।
आफूले समृद्द नेपालको सपना देखेको बताऊँदै दाहालले देशभक्तिपूर्ण भावनाले जनमुखी भएर सबैले काम गर्नुपर्ने बताउनु भयो ।
Facebook Comments Box