काठमाण्डाैं । सरकारले राष्ट्रिय सभामा तीन सदस्य मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
संविधानको धारा ८६ को २ (ख) अनुसार शुक्रबार बसेको मन्त्रिपरिष्द बैठकले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनयनको सिफारिस गरेको हो ।
सरकारको यो मनोनयनसँगै राष्ट्रियसभाले पूर्णता पाउने भएको छ ।
सरकारको सिफारिस गरेका तीन जना मध्ये दुई कांग्रेसमा क्रियाशील रहेका नेता हुन् । जोशी कांग्रेस शुभेच्छुक हुन् । उनी सामाजिक क्षेत्रमा काम आबद्ध छन् ।
बस्नेत झापाका पुराना कांग्रेस नेता हुन् । पौडेल कांग्रेसका मुख्य सचिव हुन् ।
Facebook Comments Box