काठमाण्डाैं । लामो समयदेखि अन्यौलमा देखिएको एमाले–माओवादी एकता संयोजन समितिको भोली बस्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटवार्ताले पार्टी एकता संयोजन समितिको बैठक भोली बस्ने तय गरेको हो ।
दुई अध्यक्षबीच आज भएको भेटबार्ताले एकता संयोजन समिति बैठकको टुंगो लगाएको हो ।
भोलीको बैठकमा एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल हुने बताइएको छ । बैठक बस्ने स्थान भने तय भएको छैन् ।
एकता प्रक्रिया बिग्रने हो कि भन्ने आशंका बढिरहेको बेला ओली र दाहालबीच राष्ट्रिय सभा निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताबारे छलफल भएको दाहालको सचिवालयले बताएको छ ।
Facebook Comments Box