काठमाण्डाैं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले फागुन ७ गते नयाँ सरकार बन्ने दावी गर्नु भएको छ ।
उहाँले राष्ट्रिय सभाको निर्वाचन पनि सम्पन्न भईसकेकाले केही दिन भित्रै प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजनीति दिने खुलासा गर्नु भयो ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री थापाले प्रतिनिधिसभा समानुपातिक तर्फको निर्वाचन सार्वजनिक हुनेवित्तिकै बामगठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभयो ।
साथै उहाँले राष्ट्रिय सभाको ३ सदस्य वर्तमान सरकारले नै सिफारिस गर्ने बताउनुभयो ।
उहाँले अव बस्ने मन्त्रीपरिषद बैठकले राष्ट्रिय सभामा मनोनित गर्ने ३ जना सदस्यको नाम सिफारिस गर्ने स्पष्ट पार्नु भयो ।
५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।
Facebook Comments Box