विराटनगर । प्रदेश १ मा राष्ट्रिय सभा सदस्य दुई सिटका लागि भएको चुनावमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
सार्वजनिक मतपरिणाम अनुसार दुईवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् ।
दलिततर्फ एमालेका खेम नेपाली विजयी भएका छन ।
यस्तै अपांगतारअल्पसंख्यक पदमा पनि वाम गठबन्धनकै अगमप्रसाद बान्तवा राई बिजयी भएका छन ।
राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
निर्विरोध निर्वाचित हुनेहरुमा महिला कोटामा वाम गठबन्धनका नैनकला ओझा र बिना पोखरेल, नेपाली कांग्रेसका सरिता प्रसाई छन् ।
यस्तै खुल्ला तर्फ वाम गठवन्धनका हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ र नेपाली कांग्रेसका रमेशजंग रायमाझी पनि निर्विरोध भएका हुन् ।
विजयी उम्मेदवारलाई भोलि प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
Facebook Comments Box