झापा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फागुन दोस्रो हप्तासम्म कांग्रेसले सत्ता हस्तान्तरण गर्ने बताउनु भएको छ ।
संवैधानिक प्रक्रियाका कारण केही ढिलाइ भए पनि राष्ट्रियसभा चुनाव सकिएकाले अब छिट्टै सत्ता हस्तान्तरण गर्ने उहाँले बताउनु भयो ।
प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उहाँले जनताले दिएको म्याण्डेट अनुसार कांग्रेस सत्ता हस्तान्तरण गरी प्रतिपक्षमा बस्न तयार रहेकाले मुलुकले फागुनको दोस्रो सातासम्म नयाँ सरकार पाउने स्पष्ट पार्नु भयो ।
प्रवक्ता शर्माले पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुरगामी असर नपर्ने जिकिर गर्नु भयो । वर्तमान सरकारले गरेको राम्रा निर्णयलाई नयाँ सरकारले पनि निरन्तरता दिनुपर्ने उहाँको धारणा थियो ।
Facebook Comments Box