विराटनगर । प्रदेश १ को मुख्यमन्त्री चयन प्रक्रियामा सहमति जुटाउन एमाले प्रदेश कमिटी असफल भएको छ ।
भीम आचार्य र शेरधन राईबीच सहमति हुन नसकेपछि प्रदेशसभाको पहिलो बैठकअघि सोमवार बिहान बसेको प्रदेश कमिटी सचिवालय बैठकमा तेस्रो विकल्पसमेत प्रस्तुत भयो ।
सचिवालय बैठकमा केन्द्रीय सदस्य तथा ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले दुई नेताबीच सर्वसम्मति हुन नसके तेस्रो नेतालाई मुख्यमन्त्री बनाउने विकल्प प्रस्तुत गरेका थिए ।
उनले तेस्रो विकल्पका रुपमा हिक्मत कार्की र राजेन्द्र राईमध्ये एकलाई बनाउन प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
कार्की र राई दुवै अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् । पार्टीभित्र कार्की संस्थापन पक्षका हुन् भने राई माधव नेपाल पक्षका हुन् ।
Facebook Comments Box