जनकपुर । प्रदेश नम्बर २ को पहिलो संसद् बैठक सम्पन्न भएको छ । बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लगन चौधरीले अर्को बैठक माघ २९ गते दिउँसो १ बजेका लागि बोलाउनुभएको छ ।
जनकपुरस्थित शैक्षिक तालिम केन्द्रको भवनमा बसेको बैठकको सुरुमा राष्ट्रिय जनता पार्टीका सांसद मनिष कुमार सुमनले सभामुखको आसन अगाडि मधेस आन्दोलनका सहिदको फोटो नराखेको भन्दै विरोध गर्नुभएको थियो ।
प्रदेश नं २ को प्रदेशसभाको सभामुखको निर्वाचन भने फागुन २ गते हुने भएको छ । प्रदेश २ मा १ सय ७ सांसद छन् ।
Facebook Comments Box