बुटवल । प्रदेश ५ को पहिलो बैठक सम्पन्न भएको छ ।
पहिलो बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरेको छ। यस्तै, सभामुखको निर्वाचन फागुन २ गते गर्ने तय गरिएको छ।
प्रदेशसभाको पहिलो बैठकलाई ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा सञ्चालन गरेका थिए । प्रदेश ५ मा ८७ जना सांसद छन्।
Facebook Comments Box