मेकियाभेलीले भनेका छन्,”राजनीति र नैतिकताबीच गोरु बेचेको जति पनि साईनो हुँदैन।”
सन् २०१४ मा भारतमा एउटा राजनैतिक लहर आयो र त्यो लहरका सम्बाहक थिए भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी।
‘अब कि बार मोदी सरकार ‘ को नारा भारतभरी प्रख्यात र बिकाउ सिद्द भयो र भाजपा नेतृत्वको एन.डि.ए. गठबन्धनले ०७ अप्रिलबाट मे १२ सम्म बिभिन्नचरणमा सम्पन्न चुनावमा स्पष्ट बहुमत ल्यायो र त्यसै महिनाको २६ तारिक मोदीले प्रणव मूखर्जीबाट प्रधानमन्त्रीको हैसियतमा सपथ लिए।
यस्तैखाले परिदृश्य फ्रान्सको २०१७ मा सम्पन्न भएको राष्ट्रपतिय चुनावमा पनि देखापर्यो।
अप्रिल २३ बाट मे ०७ सम्म चलेको चुनावमातत्कालिन राष्ट्रपति फ्रान्कोईस होलान्डेको गिर्दो साखलाई क्यास गर्दै राष्ट्रवादी धारका मानिएका ३९ वर्षीय ईमानोएल म्याक्रोन फ्रान्सकोराष्ट्रपतिय चुनाव जित्न सफल भए र उनले १४ मे २०१७ मा राष्ट्रपतिको रुपमा कार्यालय सम्हाले।
यसैवर्ष यस्तै किसिमको एउटा हावाको झोंका नेपालको राजनीतिक वातावरणमा एक्कासी मच्चिएर आयो ‘वाम गठबन्धन’ को नामले।
अघि पछि काटोछिनो गर्ने दुई पार्टीहरुले मंसिर १० र २१ मा हुने भनिएको चुनावका लागि भनि अप्रत्यासीत गठबन्धन गरे जसले उनीहरुलाई फाइदा गर्यो।
कुल १६५ स्थानमा भएको प्रत्यक्ष चुनावमध्य ११६ स्थानमा जित निकाल्न सफल भए।
तर दुर्भाग्यवश नेपाली जनताले दिएको मतले जसलाई निर्वाचित गर्यो र सत्ताको बागडोर सम्हाल्न निर्देशित गर्यो उनिहरु चुनाव सकिएको दुईमहिना भैसक्दा पनि नेतृत्व गरी देशको सेवा गर्ने अवसरबाट बन्चित हुनुले मेकियाभेलिको उक्त भनाई चरितार्थ हुन्छ।
जनताको म्यानडेटलाई वैधानिकता नदिने कृयाकलापको शिलसिला नेपाली आधुनिक लोकतान्त्रिक राजनीतिमा सुरु देखीनै छिटफुट देखापर्दै आएका हुन्।
बिसं२०१५ मा नेपालको पहिलो आम निर्वाचन सम्पन्न भयो र नेपाली काङ्ग्रेसले स्पष्ट बहुमत ल्यायो,यति भैसकेपछीपनि राजा महेन्द्र बाट सरकार गठनको लागी कुनै बोलावट वा सहज वातावरणको प्रयास नभएपछी बि.पी. आफैं राजाकहाँ जानुभयो र त्यसको केही दिनभित्र अवैधानिकताको गाँठो फुक्यो र सरकार गठन भयो।
सहज सत्ता हस्तान्तरण कम अभ्यस्त र अशिक्षित तेस्रो विश्वको लोकतन्त्रको चरित्र भएर सामान्य रुपमा प्रचलित जस्तो देखिएपनी लोकतान्त्रिक व्यावस्थामा यसलाई सामान्य रुपमा लिन सकिँदैन।
यो लेख यस्तैखाले चुनाव अगाडी र पछाडी देखिएका दृश्यहरुको समिक्षामा केन्द्रीत रहनेछ ।
नेपाली राजनीति प्राय प्राय सधैं अस्थिर रहँदै आएको छ र यसका पछाडी आन्तरिक र बाह्य कारणहरु प्रत्यक्ष परोक्ष कारकका रुपमा रहँदैआएको तथ्य हामीबाट लुकेको छैन। सहज सत्ता हस्तान्तरण नहुनुका पछाडी पनि यस्तैखाले खेलहरु अहिले देखापरेका छन्।
एकखाले बाह्यशक्ति नेपाली राजनीति तरल भएको हेर्न चाहने छ उनिहरुका आसेपासे यसका खेलाडी भएर देखापरेका छन् उनिहरुको चङ्गुलमा हालको राजनीति घुमेको देखिन्छ।
काङ्ग्रेसका लागी अप्रत्यासित र डेड्ली सावित भएको वाम गठबन्धन सँग उ अतालिएको स्थिती तत्कालको सत्ता राजनीतिमा देखा परेको छ ।
उ यो गठबन्धन फुटाउन प्रयत्नरहत रहि आएको र यसका लागी प्राचण्डलाई सत्ताको ललिपप देखाएर फसाउन चाहेका तथ्यहरु छिटफुटसार्वजनिक भए तर प्रचण्ड नडगमगाएपछी उसको क्षेप्यास्त्र विफल भएको छ।
एउटा नेपाली कथा छ जसमा छोराले आफ्ना पितालाई डोकोमा हालेर भिरबाट खसाल्न लग्ने प्रयास गर्छ उता नातिले हजुरबालाई आफ्नापिताले लग्न लागेको देखेर फर्की आउँदा डोको साथमा ल्याउन आग्रह गर्छ जसका कारण उसले पछी आफ्ना पितालाई त्यही डोकोमा हालेरलानसकोस।
२०७२ सालमा संविधान निर्माणपछीको कालखण्डमा ने.का. ले एमालेलाई सर्तमुताबिक सत्ता हस्तान्तरण नगरेको र अहिलेको चुनावपछी वामगठबन्धन फुटाउन गरेको फोहोरी राजनीति निरन्तरता गर्ने असफल र निच प्रयासका बिचमा प्रचण्ड डोको ल्याउन आग्रह गर्ने नातिका रुपमादेखा परेका छन् जसले गर्दा यो गठबन्धन विचलीत हुन पाएको छैन।
नेपाली काङ्ग्रेस नेपाली सत्ता राजनीतिको केन्द्रमा प्रायजसो सधैं रहँदै आएको पार्टी हो तर यसपालीको चुनावले उसलाई पाँच वर्ष सत्तामानरहने गरी मात खुवाईदिएको छ त्यसकारण लामो समय सत्ताको रसरङ्ग लिएको उसलाई सहजै सत्ता हस्तान्तरण गर्न कब्जियत भएकोहुनसक्छ।तथापी केही संवैधानिक बाधाअड्चनका कारणले गर्दापनि अप्राकृतिक लम्बिएको तथ्यलाई हामीले स्विकार गर्नैपर्छ।
हरेक घटना र परिघटनाहरुका पछाडी विभिन्न कारणहरुले भूमिका खेलेको हुन्छ साथै तिनले बोकेर ल्याउने सन्देशहरुपनि बोधगम्य हुन्छन्। यस्तैखाले केही कारण र सन्देशहरु चुनाव अघीपछी देखापरेका छन्।
प्रथमत: लामो सङ्क्रमण पछाडी अन्ततोगत्वा संविधानसभा मार्फत संविधान घोषणा भईसकेपछाडी बाँचेका केही संवैधानिक मुद्दाबाहेकराजनीतिक एजेण्डा समाप्त भएको छ त्यसकारण अब प्रत्येक दल र नेतृत्व विकासका एजेण्डामा केन्द्रीत हुनुपर्नेमा विश्वस्थ भएका कारणगठबन्धनको मूल कारणको रुपमा देखापरेको छ।
भाषण बाजी र तरल राजनैतिक एजेण्डाको डिसकोर्स समाप्त भई जनताको विकासको चाहनालाई अब रोक्न नसकिने र यदी रोकिएमा आफ्नोअस्तित्व धरापमा पर्ने देखिएकाले बाध्यात्मक गठबन्धन हुन गएको हो।
एकखाले बाह्य शक्ति जो नेपाललाई सदा अस्थिर राख्न चाहन्छ,पछिल्लोसमय संविधान संशोधनमा एमालेले लिएको अडानका कारण उसको साईज घटाउनलाई र संशोधनका निम्ति सहज वातावरण स्थापित गर्नलाईयो गठबन्धन गराईएको हुनसक्ने विश्लेषण एकखाले वौदिक जगतले गर्दै आएको छ।
कारणहरु स्वभाविक वा अस्वभाविक जेभएता पनी अहिलेको स्थिती भनेको वाम गठबन्धनको सरकार बन्ने लगभग निश्चिततामा रहेको छ। हालै सम्पन्न चुनावले केही सन्देशहरु बोकेर ल्याएकोछ।
सुरुमा जनताको स्थिर सरकार प्रतिको चाहना उजागर भएर आएको छ।
लामो सङ्क्रमणकाल,अस्थिर सत्ता खिचातानी लगायत देशका विभिन्नसमस्याको जड अस्थिर राजनीति भएको र त्यसलाई परास्त गर्दै जनभावना अनुरुपका कार्य हुने वातावरण स्थिर सरकारमा निहित रहनेदेखीएकाले जनताको भावना स्थिर सरकारको चाहनाको रुपमा छर्लङ्ग भएको छ।
हाल विश्वको राजनीतिमा दक्षिणपन्थि राष्ट्रवादी राजनीति हावी भएर आएको छ।
भारतमा नरेन्द्र मोदीको उदय देखी ट्रम्प हुँदै फ्रान्समा ईमानुएलम्याक्रोन सम्मको राजनीतिक सोपानका पछाडी यही दक्षिणपन्थी राजनीति हावी भई आएर ल्याएको परिणाम हो र त्यसकै आंशिक परिणामकेपी ओलीले सत्तामा रहँदा छोटो समयमा क्यास गरेको राष्ट्रवादी भावनको उपज हो।
जनता सदैव सकारात्मक नयाँ कुराको अपेक्षामा हुन्छन,एक्कासी अपत्यारिलो ढङ्गले भएको वाम गठबन्धनले जनतामा नयाँ उत्साह थपेकोकारण पनि यस चुनावको नतिजालाई लिन सकिन्छ यसका साथै नेपाली काङ्ग्रेस नेतृत्वका केही अलोकप्रिय कार्यहरु जनताको मानषपटलमाकाँचै रहेका कारण पनि स्वभाविक ढङ्गले चुनावी परिणाममा देखा परेको छ।
अन्त्यमा,चुनावी मतपरिणाम जे जसो भएपनि र सहज सत्ता हस्तान्तरणको वातावरण नहुँदा नहुँदै अबको केही साताभित्र राष्ट्रसभाको निर्वाचनहुने र तत्पश्चात नयाँ सरकार बन्ने बाटो खुल्ला हुने सङ्केतहरु देखा परेका छन ।
अब बन्ने नयाँ सरकारले जनभावना अनुरुपका कार्य गर्नउनिहरुलाई अधिकार दिएको छ।
सङ्क्रमणकाल अन्त्य भईसके पछाडी बन्ने पहिलो गणतन्त्रात्मक सरकारबाट जनताले धेरै अपेक्षा गरेकाछन्। मूलतस्अब बन्ने सरकारले देशको गिर्दो आर्थीक हैसियत र सगभागितामूलक समानुपातिक विकासलाई प्राथमिकतामा राखेर ईमान्दारकार्य गर्नुपर्छ।
एक विदेश नीति,बलियो रक्षा र अनुसन्धान नीति,पारदर्शी र परिणाममूखी आर्थीक नीति,शिक्षा र स्वास्थ्यका क्षेत्रमा र्यापिड सुधार गर्दैसहभागितामूलक विकासमा केन्द्रीत हुनुपर्ने तथ्यबाट अबको सरकार विमूख हुननहुँदैन।
जितमा मात्तिने व्यवहारबाट वाम गठबन्धन मुक्त हुनुपर्छ र हारमा आत्तिने परिपाटी त्यागेर कांग्रेसले एक बलियो र जनमूखी प्रतिपक्षकोभूमिकामा आफुलाई उभ्याउनुपर्छ।
अबको समय राजनीतिक एजेण्डा होईन विकासका एजेण्डामा केन्द्रित हुनुपर्ने समय हो।
अब बन्ने सरकार सम्पूर्ण नेपालीको कल्याणमा आफूलाई समर्पित गर्न लागेमा सबैको सपना यसै देशको परिधीभित्र सम्भव छ।