दाङ । कृषि क्षेत्रको विकासका लागि दाङमा करिब ८० करोड लगानी भएको छ ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको रु २८ करोड ६५ लाख २७ हजार ४५७ अनुदान र सेवाग्राहीको ५० करोड ७९ लाख ६२ हजार २८४ गरी कुल ७९ करोड ४४ लाख ८९ हजार ७४१ लगानी भएको आयोजनाका जिल्ला संयोजक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार, तरकारीसम्बन्धी २३, माहुरी २३, च्याउ १०, केरा खेती पाँच, जडीबुटी एक, कोल्डस्टोर दुई, बजार व्यस्थापन पाँच, अदुवा मसला उत्पादन प्रशोधन चार गरी कुल ८१ वटा उपआयोजनामार्फत सो लगानी भएकोे हो ।
Facebook Comments Box