भक्तपुर । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले वाम गठबन्धनको सरकार बन्न र पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
अनेरास्ववियु भक्तपुरको १८ औँ सम्मेलनका क्रममा उहाँले यस्ताखाले षड्यन्त्रलाई चिर्दै आगामी फागुन पहिलो सातासम्म नयाँ सरकार गठन र पार्टी एकता गर्न कसैले रोक्न नसक्ने बताउनुभयो ।
शनिबारसम्म चल्ने ८४ प्रतिनिधिको उपस्थिति रहेको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अनेरास्ववियु भक्तपुरका संयोजक जयराम बास्तोलाले जानकारी दिनुभयो ।
Facebook Comments Box