काठमाण्डाैं । आसन्न राष्ट्रिय सभा निर्वाचनकालागि शुक्रबारदेखि आचारसंहिता लागुहुने भएको छ ।
निर्वाचन आयोगले २०७४ माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनकालागि आज बिहानै देखि निर्वाचन आचारसंहिता लागू भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न आयोगबाट जारी भएको निर्वाचन आचार संहिता,२०७२ लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिनुभयो ।
निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, नेपाल सरकारका सबै सुरक्षा निकाय लगायतमा लागु हुने छ ।
निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ती, सार्वजनीतिक पद धारणा गरेको व्यक्ती, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्ययम, गैरसरकारी संस्था लगायतकालाई आचारसंहिता लाग्ने छ ।