काठमाण्डौं । प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाको पहिलो बैठक आहृवानका लागि दलहरुसँग छलफल शुरु गर्नु भएको छ ।
प्रदेशमा प्रतिनिधित्व गर्ने चारवटा दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाका नेताहरुसँग पहिलो बैठक आहृवानका लागि छलफल गरेको उहाँले जानकारी दिनु भयो ।
शुक्रबारसम्म प्रदेशसभाको पहिलो बैठकको आहृवान गरिने प्रदेश प्रमुख झाले बताउनु भयो ।
राष्ट्रियसभाको निर्वाचन प्रक्रिया आरम्भ भइसकेकाले दुईवटै कार्यक्रम नजुध्ने गरी बैठकको आहृवान गरिने उहाँको भनाइ छ ।
Facebook Comments Box