काठमाण्डाैं । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले नेपालमा पहिलो पटक आलुको जात विकास गरेको छ ।
अरू जातका बीउलाई क्रस गरेर नयाँ जातको आलुको बीउको विकास गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सञ्जीव गौतमले बताउनुभयो ।
यसअघि अन्य मुलुकबाट ल्याइएका जात प्रयोगशालामा परीक्षण गरेर राम्रो नतिजा आए कार्यालयले किसानका लागि सिफरिस गर्ने गरेको थियो ।
यस पटक भने क्रस गरेर नयाँ जातकै रूपमा विकास गरिएको हो । कार्यक्रमले नयाँ बीउलाई बीउ गुणस्तर जाँच केन्द्रमा पठाएको छ ।
Facebook Comments Box