काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृत सहितका न्यायाधीशहरुसँग आज छलफल गर्ने भएको छ ।
राष्ट्रिय सभा निर्वाचन संचालन र व्यवस्थापनका विषयमा अधिकृतहरुलाई जानकारी गराउन छलफल बोलाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार छलफलमा राष्ट्रियसभा निर्वाचन सम्बन्धी नियमावली, निर्देशिका, मतदानको व्यवस्थापन, मतगणना लगायका विषयमा जानकारी गराइने छ ।
आयोगले गएको पुस २६ गते सात वटै प्रदेशमा उच्च अदालत रहेका जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको थियो । छलफलमा २३ जना न्यायाधीशहरु सहभागी रहने आयोगले जनाएको छ ।
Facebook Comments Box