काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा ललितपुर १ का लागि एमालेबाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालको ‘खोतजलास’ गर्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको छ ।
प्रहरी महानिरीक्षक बन्न किर्ते कार्यसम्पादन मूल्यांकन पेस गरेको अभियोगमा सिलवाल छानबिनमा तानिएका हुन् ।
कार्यसम्पादन मूल्यांकनमा किर्ते भएको बारे सर्वोच्च अदालतले छानबिन थाल्न आदेश दिएलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
यसअघि प्रहरी परिसर काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउन भन्दै प्रहरी परिसर, ललितपुरका नाममा पत्र काटेको थियो । ललितपुर प्रहरीले सिलवालको ठेगानामा उनी नभेटिएको, तर खोजी जारी रहेको जवाफी पत्र पठाएको थियो ।
Facebook Comments Box