काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार संख्या निर्धारण गर्न बनेको एमाले-माओदीसहितको कार्यदलले उम्मेदवारको संख्या निर्धारण गरेको छ।
बुधबार सिंहदरबार बसेको एमाले-माओवादीको बैठकले ५६ मध्ये ४३ स्थानमा वाम गठबन्धनले उम्मेदवारी दिने निर्णय गरेको कार्यदलका संयोजक सुवास नेम्वाङले जानकारी दिए।
उनका अनुसार एमालेको तर्फबाट २९ जना र माओवादी केन्द्रको तर्फबाट १४ जनाले उम्मेदवारी दिनेछन्।
यस्तै उम्मेदवारीमा पनि खुल्ला र महिला तर्फ कति जना भनेर छुट्याइसकेको एमाले नेता शंकर पोखरेलले बताए।
उनले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार संख्या निर्धारणपछि प्रदेश प्रमुखको विषयमा पार्टी संयन्त्रमा छलफल गर्ने बताए।
Facebook Comments Box