काठमाडाैं । नेकपा एमालेले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न ढिलाइले राष्ट्रियसभाको निर्वाचनमा असर पर्ने बताउँदै चाँडै नै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुपर्ने बताएको छ ।
साथै एमालेले सरकार कामचलाउ भइसकेको हुँदा पनि दीर्घकालिन असर पार्ने कुनै पनि निर्णय नगर्न सरकारलाई चेतावनी दिएको छ ।
आज बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग एमाले सचिव योगेश भट्टराईले काम चलाउ भइसकेको सरकारले कुनै पनि नियुक्ति गर्न नमिल्ने निर्णय गरीएको बताउनुभयो ।
उहाँले राष्ट्रिय सभा उमेदवार प्रदेश तहबाटै सिफारिस गर्न पनि तल्लो कमिटीलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
Facebook Comments Box