काठमाडौं। नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले कानूनी अड्चन फुकाएर सरकारले नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने बताएका छन् ।
अनेरास्ववियुद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै उनले जनमतको कदर गर्नका लागि सरकारले कानूनी अड्चन फुकाउनुपर्ने बताएका हुन् ।
सचिव ज्ञवालीले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न ढिलाइले राष्ट्रियसभाको निर्वाचनमा असर पर्ने बताउँदै चाँडै नै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुपर्ने बताए ।
उनले वाम एकताका लागि बिथोल्न केही शक्ति अझै लागिपरेको भन्दै त्यो सफल नहुने धारणा राखे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली बैंककबाट आएपछि नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई मूर्त रुप दिने बताए ।
पार्टी एकताका लागि दुई पार्टीको व्यवस्थापनमा कुनै समस्या नभएको जिकिर उनको भनाइ थियो ।
Facebook Comments Box