चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा नौ लाख ९४ हजार ५४२ खर्च भएको विवरण पेश गर्नुभएको छ ।
उहाँले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदीमार्फत चुनावी खर्च विवरण पेश गर्नुभएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभयो । अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवम् वनमन्त्री विक्रम पाण्डेको चुनावी खर्च भने रु नौ लाख ३९ हजार ९४० पेश भएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा तीन निर्वाचन क्षेत्रका कूल ९५ जनाको उम्मेदवारी परेकामा अहिलेसम्म ६७ जनाले निर्वाचन खर्च विवरण पेश गरेको ढकालले जानकारी दिनुभयो । खर्च विवरण पेश नगर्नेमा अन्य साना दलका उम्मेदवार छन् ।