काठमाण्डौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको बैंकक भ्रमण लम्बिएपछि एमालेले भोलि कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा स्थायी कमिटी बैठक बोलाएको छ । भोलि दिउसो पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको छ ।
राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवारी चयन तथा माओवादी केन्द्रसँगको एकताको विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
आज फर्कने भनिएपछि ओली बिहिबार मात्र फर्कने भएपछि एमालेले कार्यवाहक अध्यक्षको नेतृत्वमा छलफल गर्न लागेको हो ।
Facebook Comments Box