काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पलगायतका जोखिम न्यूनिकरण हुने गरी भौतिक संरचना निर्माण गर्न सम्वद्ध सबै पक्षलाई कडा निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री देउवाले कमजोर भौतिक संरचना निर्माणकै कारण विगतमा पनि भूकम्पबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर अघि बढन सबै स्थानीय तहलाई समेत सचेत गराउनु भयो ।
२० औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले भूकम्प लगायतका विपदबाट बच्न विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ कार्यान्वयनमा ल्याएको पनि स्पष्ट पार्नु भयो ।
Facebook Comments Box