काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताउनुभएको छ ।
अनेरास्ववियूद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उहाँले समय परिस्थितिअनुसार संविधानलाई परिष्कृत गर्दै लैजाने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले नेपालको सीमांकन अझै नटुंगिएकामा दुःख व्यक्त गर्दै भन्नुभयो, “सन्धि सम्झौताले हाम्रो यो सिमाना भन्न सक्छौँ ।
उहाँले विश्वसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने तथा भारत र चीनको सहयोगमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । एमालेमा पुस्तान्तरणको आवश्यक परेकाले युवाले नेतृत्व लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
Facebook Comments Box