काठमाण्डाैं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहको दवावका बीच चुनावी समिक्षा समीक्षा गर्न प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले पर्सी बिहान ११ बजेका लागि बैठक बोलाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकमा राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाईनेको मापदण्ड र नामावली लगायत विषयमा पनि छलफल हुने शर्माले बताउनुभयो ।
यसअघि सम्पन्न निर्वाचनमा पार्टीले बेहोरेको हारको समीक्षा पनि बैठकमा हुने उहाँले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार राष्ट्रिय सभा निर्वाचन लगतै महासमिति बैठक बोलाउने तयारी भईरहेको छ । हिजो मात्रै देउवाले यसबारे पार्टीका शीर्ष नेतासंग छलफल गर्नुभएको थियो ।