काठमाण्डाैं । प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने गरी आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो साढे ४ बजे बोलाएको बैठक भोलि विहान बिहान ९ बजेसम्मका लागि स्थगित गर्नु भएको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दल र आफ्नै पार्टी्भित्र छलफल गर्ने तयारी गरेका छन् ।
प्रदेश प्रमुखको नियुक्ति नहुँदा प्रदेश सांसदहरुले सपथ पनि लिन पाएका छैनन् ।
Facebook Comments Box